बझाङ,७ जेठ ।
जिल्लाको छविसपाथीभेरा गाँउपालिकाको कार्यालयको मूल ढोकामा राखिएको बाल्टिन बम निष्क्रिय पारेको छ ।
मंगलबार गाँउपालिकाको मुल गेटमा अज्ञात समुहले बाल्टिन बम राखेको फेला परेपछि जिल्ला बाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएका थिए । सोमबार राती नै कुनै अज्ञात समुहले गाँउपालिकाको कार्यालयको मुलगेटमा बम राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाल्टिन बमको वरिपरी सेतो कागजमा पुलिस दमन बन्द गर, भ्रष्ट गाँउपालिकाका अध्यक्ष अक्कल धामी मुर्दाबाद, ६२० भ्रष्टहरु मुर्दाबाद लेखिएको कागज फेला परेको जनाइएको छ ।
घटना स्थालमा खटिएका असै मदन धामीका अनुसार गाँउपालिकाको मुल गेटमा राखेको बाल्टिन बम दिउँसो ३ बजे नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले निष्क्रिय पारेको हो ।
गाँउपालिकाको मुल गेटमा नै बम फेला परेपछि यहाँका कर्मचारी, जनप्रतिनिधीका साथै स्थानीय बासिन्दाहरु समेत त्रसित भएका छन् ।
उक्त बम अरु कसैले नभएर नेत्र विक्रम चन्द विप्लब समुहले राखेको हुन सक्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए ।