विप्लव नेकपाका कार्यकर्ता माथि गोली प्रहार एक जना घाइते

  झझल्काे संवाददाता  773 पटक हेरिएको

 


भोजपुर, ७ जेष्ठ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता माथि प्रहरीले गोली हानेर घाइते बनाएको छ ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानि गिरफ्तार गरेको स्रोतले जनाएको छ ।

आज प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। घिमिरेको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताएका छन ।

खुट्टामा गोली लागेका उनलाई उपचारको लागि धरान रेफर गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार