नेकपा नेता ‘जिवन्त’लाई ३ दिनभित्र अदालत उपस्थित गराउन सर्बोच्च को आदेश

अदालत परिसरबाटै पुन पुनः गिरफ्तार

  झझल्काे संवाददाता  492 पटक हेरिएको

पोखरा,७ जेष्ठ ।
प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य तथा जनबर्गिय संगठन का ब्युरो इन्चार्ज मोहन कार्कि जिवन्तलाइ ३ दिन भित्र सर्बोच्च अदालत उपस्थित गराउन आदेश दिएको छ ।

सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद बाहेक तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । काठमार्डौ जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै गत वैशाख ३० गते पुनः पक्राउ गरी सुनसरीको धरान पुर्याइएका जीवन्तलाई गैरन्यायीक रुपमा गिरफ्तार गरी बन्दी बनाईएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

उक्त रिटमाथि सोमबार न्यायधिस मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जीवन्तलाई गिरफ्तार गर्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गत बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाई आदेश दिए लगत्तै रिहा भएका नेता कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको थियो । उहाँलाई हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएको छ ।

उनहालाई सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चौथो दिन अर्थात चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी राजद्रोह र संगठित अपराधको मुद्दा लगाईएको थियो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो ।

त्यसलगत्तै अदालत परिसरबाटै पुन पुनः गिरफ्तार गरी प्रहरीले संखुवासभा लगि ‘मुलुकी फौजदारी कार्यविधि ९संहिता०, २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलायो । त्यसपछि पनि अदालतकै आदेशमा रिहा भएका नेता जीवन्तलाई प्रहरी गिरफ्तार गरी संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाई मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाई आदेश दिएको थियो ।

तर, उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको हो । हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएका नेता कार्कीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार