सञ्चारमन्त्री बाँस्कोटालाई देउवा को प्रश्न – नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ?

  झझल्काे संवाददाता  562 पटक हेरिएको

काठमाडौँ ,२९ बैशाख ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको उल्लेख गर्दै संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उहाँले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलित पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने दोहोर्‍याउनु भयो ।

सभापति देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी पनि गर्नु भयो । उहाँले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ? भनी सञ्चारमन्त्री बाँस्कोटालाई प्रतिप्रश्न पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार