धनुषा , २९ बैशाख ।
प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले भोलि सोमबार प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षोल्लासपूर्वक मनाउन बिदाको घोषणा गर्नुभएको हो ।
उहाँले जानकी नवमीको सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी धुमधामसँग मनाउने गरिन्छ ।
विज्ञप्ति