सिरहामा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

 227 पटक हेरिएको

सिरहा–दुई नम्वर प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजय लाल कायस्थले जनताको अपेक्षा अनुसार सेवा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय कर्जन्हा नपा ३ बन्दिपुरको नवनिर्मित भवन उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले प्रहरी जनतासँगको सहकार्यमै सफल हुँदै आएको भन्दै जनताको चाहाना अनुसार सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।
अतिरिक्त महानिरीक्षक कायस्थले प्रहरी एकलैले समाजमा हुने विभिन्न खालका अपराधहरु नियन्त्रण गर्न कठिन हुने भन्दै त्यसका लागि जनतासँगको सहकार्य आवश्यक रहेको जनाए ।
शान्ति तथा पुनः निर्माण मन्त्रालयको सहयोगमा १३ कोठाको कार्यालय तथा ४ कोठाको व्यारेक भवन निर्माण पछि उद्घाटन गरिएको हो । भवन निर्माणमा मूल्य अभिवृद्धि कर सहित एक करोड ६८ लाख ७८ हजार चार सय ७० रुपैयाँ लागको प्रहरी निरिक्षक निरञ्जन कुमार सिंहले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार