काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो हुँदै

 240 पटक हेरिएको

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पोको आयोजना गर्ने भएको छ ।

यहि पुस २१ गतेदेखि आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पो २०१८ का सम्बन्धमा जानकारी गराउन एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसले पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।

नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा आयोजना हुन लागेको एक्स्पोको पत्रकार सम्मेलन काठमाडौंस्थित अन्नपूर्ण होटलमा पुस ११ गते मंगलबार आयोजना गर्दै छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायतका देशका सरोकारवाला तथा कम्पनीहरुको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार