उत्तर कोरिया र अमेरिकाबीच युद्धको तयारी ?

 170 पटक हेरिएको


बीबीसी । पछिल्लो समय अमेरिका र उत्तर कोरियाको बीच बढ्दै गएको विवादले युद्धको रुप लिने संकेत देखिएको छ। उत्तर कोरियाका सरकारी मिडिया रिर्पोटका अनुसार त्यहाँको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्प नीतिको आलोचना गरेका छन्।

ट्रम्पले केही दिनअघि मात्र उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध लड्ने तयारी रहेको प्रतिक्रिया दिएका थिए। केही विश्लेषकको दाबी छ, उत्तर कोरियाले परमाणु बम विकसित गरिसकेको छ। उत्तर कोरियामाथि जुन किसिमको नाकाबन्दी लागेको छ। जसका बावजुद यस देशले जुन रफ्तारमा अत्याधुनिक हतियारको विकास गरेको छ। त्यो धेरैलाई चकित पार्ने किसिमको छ।

उत्तर कोरियाले केवल एक उदेश्यका लागि मात्र उक्त हतियार निर्माण गरेको छ। अमेरिकाले परमाणु आक्रमणका कार्यक्रमलाई गर्दै आएको विरोधलाई चुनौती दिन उत्तर कोरियाले परमाणु हतियार बनाएको विश्लेषकको दाबी छ।

उत्तर कोरियाले अमेरिकासँग युद्धको तयारिका लागि जवाफी हमलाको क्षमता बढाउँदै लगेको छ। पछिल्लो पटक उत्तर कोरियाले परिक्षण गरेको मिसाइक पहिलेको भन्दा निकै सानदार रहेको विश्लेषकको दाबी छ।

उत्तर कोरियाले २०१७ मा हाइड्रोजन बमको समेत परीक्षण गरेको थियो। बम विष्फोटले पनि विश्वभर हलचल पैदा गरेको थियो। २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका यस्ता शक्तिशाली परमाणुबाट के स्पष्ट हुन्छ भने उत्तर कोरियाले युद्धका लागि तिब्र तयारी गरिरहेको छ।

उत्तर कोरियाका मिसाइल कार्यक्रमका एक्सपर्ट माइकल इलिम्यानले भनेका छन्, मेरो अनुमान छ की उत्तर कोरियाले सिधै अमेरिकालाई समेत निसाना बनाएको छ। यसमा निकै खतरा देखिएको छ। यदी उत्तर कोरियाले अमेरिकासँग युद्ध नगर्ने भए परमाणु कार्यक्रमका लागि किन यति धेरै खर्च गरिरहेको छ ? एक्सपोर्ट माइकलले प्रश्न गरेका छन्। उत्तर कोरियाको अर्थ व्यवस्था त्यति राम्रो नभएपनि उसले सबै भन्दा धेरै परमाणु हतियार र सैन्य कार्यक्रमका लागि धेरै खर्च गरिरहेको छ। त्यो खर्च गर्नुको कारण आक्रमण वाहेक अन्य कुनै कारण हुन नसक्ने विश्लेषकको अनुमान छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार