छिमेकीमाथि एसिड आक्रमण गर्ने सुनार पक्राउ

 247 पटक हेरिएको

रुपन्देही । छिमेकी साथीसँग झगडा हुँदा एसिड आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो। सुनारले सोही स्थान बस्ने ३० बर्षीय सुमन के.सीसँग झगडा हुदाँ सुनारले केसीमाथि शनिबार एसिड आक्रमण गरेका थिए। उक्त आक्रमणबाट घटनामा के.सी. सँगै रहेका सोही स्थान बस्ने ३१ वर्षीय श्याम गुरुङ समेत घाइते भएका थिए। उनीहरु दुबै जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना बारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार