प्रदेश १ नम्बरमा राजधानी तानातान हुँदै

 282 पटक हेरिएको


धनकुटा । प्रदेश १ नम्बर को राजधानी कहाँ राख्ने भनेर अहिले तानातान भइरहेको छ । विराटनगर, इटहरी, धरान र धनकुटाले अहिले जोडतोडका साथ राजधानीको माग उठाएका छन् ।

प्रदेशको राजधानी बनाउन माग राख्दै अहिले प्रदेश नम्बर १ का विभिन्न शहरका बासिन्दा राजनीतिक दलका नेता, सामाजिक संस्थाका अगुवा राजनीतिक लविङमा तल्लिन छन् । धनकुटामा त राजधानी बनाउन आन्दोलन भइरहेको छ । विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उप–महानगरपालिकाले पनि राजधानीको माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

यसरी शहरैपिच्छे माग हुन थालेपछि राजधानी कहाँ बनाउने भन्ने अन्यौल छ । मन्त्रिपरिषदको बैठकले सुनसरी, मोरङ र धनकुटालाई प्रदेशको राजधानी बनाउनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार