एउटा खरबुजाको लागि झगडा वा सामान्य हात हालाहालसम्म हुनु स्वभाविक मानिन्छ । तर त्यत्तिको लागि सयौं सैनिकको ज्यान जाने गरी युद्ध हुनु निकै आश्चर्यजनक हुन्छ । तर इतिहासमा यस्तै रोचक कारणबाट युद्ध भएको छ । भारतमा अंग्रेजको शासन हुनुभन्दा पहिल्यै यहाँ धेरै राज्यहरु थिए । अहिलेको राजस्थान राज्य भएको क्षेत्रमा २ राज्य थिए बीकानेर र नागौर । यिनै दुई राज्य एउटा खरबुजाको लागि भयानक युद्ध लडेका हुन् ।
बीकानेर राज्यको जमिनमा उम्रिएको खरबुजाको लहरा फैलिँदै नागौर राज्यभित्र पुग्यो र नागौर क्षेत्रमा फल्यो । त्यसपछि त्यो खरबुजाको मालिक को हुने भन्ने विषयमा दुई राज्यबीच भयानक युद्ध भयो । यो युद्धमा सयौं सैनिक मारिए । अन्ततः बीकानेर राज्यले यो युद्ध जित्यो र खरबुजा बीकानेरको भयो । अहिले पनि राजस्थानमा यो युद्धलाई मतीरे की राड भनेर सम्झिइन्छ । १६६४ मा बीकानेरमा राजा करणसिंह र नागौरमा राजा करणसिंहको शासन थियो ।