बाराका किसान उधारोमै उखु बिक्री गर्न बाध्य

 177 पटक हेरिएको


बारा । नगदे बालीका रूपमा उखु खेती गर्दैआएका बाराका किसान उधारो नै उखु बिक्री गर्न बाध्य भएका छन् ।

प्रत्येक वर्ष झै यसवर्ष पनि बाध्य भई गतवर्षकै मूल्य पाँच सय ३१ रुपियाँ २० पैसालाई आधार मानी उधारो मै उखु बेच्न किसान बाध्य भएको हो । समयमै सरकार र उखु मिल सञ्चालकले उचित मूल्य नतोकेका कारण खेतमै उखु सुकाउनुको सट्टा उधारोमै बिक्री गर्नुपरे हो । आजको गोरखापत्रमा खवर छ ।

यस वर्ष चिनी उत्पादक र उखु उत्पादकबीच पटक पटक भएको बैठकबाट उखु खेती गर्न प्रत्येक वर्ष लागत बढ्दै गएको हुनाले गत वर्षको तुलनामा यस वर्ष पनि उखुको मूल्य बढाउन माग गरिरहेका किसानले मिल सञ्चालकले मूल्य नबढाएका कारण बाध्य भई गतवर्ष कै मूल्यमा नै उखु बेच्न बाध्य भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार