बस्ती छेउमै ग्यस उधोग, स्थानीय त्रस्त

 195 पटक हेरिएको

बस्तीभन्दा टाढा ग्यास उधोग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उधोग बस्ती र राजमार्ग आसपास छन् ।

बस्तीकै छेउमा यस्ता उधोेग सञ्चालन गर्दा जोखि र त्रास बढेको धाक्रेका धर्मराज जोशीले बताए ।

वीरगन्जस्थित सुपर ग्यास उधोगमा आगलागी भई मानवीय क्षतिसमेत भएपछि अहिले यस्ता उधोग रहेका क्षत्रका बासिन्दामा त्रास बढेको छ ।

कतिबेला के घट्ना हुन्छ पत्तो हुँदैन, जोशीले भने ।

सरकारले पनि ग्यास उधोगको अनुगमन गर्दैन, बस्तीनजिकै यस्तो उधोग छन् तर, सम्भावित दुर्घटनाबाट बच्ने उपयाबारे उधोगी कामदार र स्थानीय बासिन्दा कोहि पनि जानकार नभएको उनले बताए । यो खबर आजको नागरिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार