तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिको पुल निर्माणमा खटिएका मजदुरको आक्रमणबाट घाइते मजदुर नाइकेको शनिबार मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेका झापा जिल्ला कन्काई नगरपालिका स्थायी घर भएका ३४ वर्षीय राज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पुल निर्माणमा खट्दै आएका मजदुरहरुले शुक्रबार राति मादकपदार्थ सेवन गरी झडप सुरु भएकोमा छुटाउन खोज्दा फलामको रड लागेर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयबाबु पण्डितले बताए ।
झडपको क्रममा पुलको काम गर्दै आएका मजदुरहरु रवि याङरान र दीपु मड्डी घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।