आँधीमा परी फिलिपिन्समा सय भन्दा बढीको मृत्यृ

 188 पटक हेरिएको


मनिला । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या सय भन्दा बढी नाघेको छ।
फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अन्य कैयौ बेपत्ता भएका अधिकारीले शनिबार जानकारी दिएका छन्।

यस आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। घटनास्थलमा उद्धारकर्मी खटिएका छन्।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ। सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन्।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ। यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ। अहिलेको आँधीले कारण पनि लाखौँ स्थानीय वासिन्दा प्रभावित भएका छन्।

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३५० को मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार