पत्रकार महासंघको भवन निर्माणमा सहयोगको अपिल

चरिकोट । नेपाल पत्रकार महासंघ, दोलखा शाखाको भवन निर्माण कार्य अघि बढ्ने भएको छ ।

सदरमुकाम चरिकोटमा दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सुविधा सम्पन्न भवन निर्माण गर्न विभिन्न निकायसँग महासंघ दोलखा शाखाले अपिल गरेको छ । २०६९ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष शिव गाउँलेले भवन शिलान्याश गर्नु भएपनि भवन निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

भवन निर्माणलाई तदारुकताका साथ अघि बढाउन विभिन्न उपसमिति गठन भएका छन् । यसअघि महासंघका पदाधिकारी रहने गरी भवन निर्माण समिति बनिसकेको अवस्थामा अनुगमन, आर्थिक तथा खरिद उपसमिति निर्माण गरिएको हो । चिरन्जीवी मास्केको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । सदस्यहरुमा रमेश खतिवडा, लक्ष्मण खड्का, होम पाठक, शरदचन्द्र सापकोटा, निता राउत र उद्धवप्रसाद पोखरेल रहनुभएको छ ।

यसैगरी, राजेन्द्र मानन्धरको संयोजकत्वमा गठन भएको अनुगमन समितिका सदस्यमा शम्भु गौतम, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, प्रेस चौतारी दोलखाका अध्यक्ष मोहन रिजाल, प्रेस सेन्टर दोलखाका कावा अध्यक्ष शिवकुमार भुजेल रहनुभएको छ । मन्दिरा थापाको संयोजकत्वमा खरिद उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा शिवजी प्रधान, सुवास योन्जन, प्रभु जिरेल र श्याम खतिवडा रहनुभएको छ ।

दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सूचना केन्द्र, सभा कक्ष, पुस्तकालयसहितको व्यवस्था हुने गरी निर्माण हुन लागेको सुविधासम्पन्न भवनमा पत्रकारहरुका प्रशासनिक कक्ष, तालिम कक्ष, समाचार सम्पादन, लेखन गर्न सकिने गरी भवन निर्माण हुनेछ । पारदर्शी ढंगले भवन निर्माणलाई अघि बढाइने महासंघका अध्यक्ष जीवन लामाले बताउनुभयो । भवन निर्माणका लागि सक्दो सहयोग गरिदिन सम्पूर्णमा महासंघले अपिलसमेत गरेको छ ।

सदरमुकाम चरिकोटस्थित लामाचौर सामुदायिक वन उपभोक्ता समूहको २०० वर्गमिटर जमिन नेपाल सरकारले भोगचलनका लागि महासंघलाई प्रदान गरेको जग्गामा भवन निर्माण हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार