काठमाडौं ; संगठन निर्माणको क्रममा नेपाल एकेडेमि अफ टुरिज्म एण्ड होटल म्यानेज्मेण्ट रविभवनस्थित (नाथम) मा विद्यार्थी संगठन र प्रशासनबीच झडप भएको छ। झडपमा तीन विद्यार्थी घाइते भएका छन्।
कलेजमा पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी निकट अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा संगठन निर्माण गर्न लागेका थिए।
कलेज प्रशासनको पक्षमा रहेका व्यक्तिले इट्टा तथा ढुंगा हान्दा पूर्व माओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव डिबी साउद, अखिल (क्रान्तिकारी) कै सचिवालय सचिव नारायण घर्ती तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सञ्जय दुवाडी घाइते भएका छन्।
घाइते मध्ये साउदको टाउकोमा चोट लागेको छ। उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भएको छ। अन्यलाई भने सामान्य चोट लागेको छ।