पोखरा; सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश पानी जहाजको युगमा प्रवेश गरेको दावी गरे । उनले भने, नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्छ ।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।
एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।
कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । पानी जहाज सञ्चालन सम्बन्धी काम सोही कार्यालयले अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।