रजनीको ‘पटुकी’ ट्रेलर सार्वजनिक (भिडियो)


आगामी पुस २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘पटुकी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राम नेपालको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ ।

म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क. को कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार