लागूऔषध गाँजा सहित प्रेम पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका सिवालय टोल डेरा गरी बस्ने खोटाङको चिप्रुङ घर भएका ३२ बर्षीय प्रेम राईलाई प्रहरीले अवैध लागूऔषध गाँजा २ के.जी. ५ सय ग्राम सहित पक्राउ गरेको छ ।

प्रहरीले राईलाई बिहीबार उनकै कोठाबाट उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार