प्रदेश सभाका लागि वार्षिक साढे २ अर्ब आवश्यक

काठमाडौँ । सातवटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । प्रत्येक प्रदेशमा ४७ स्थायी र २० करारका कर्मचारीको आवश्यकता पर्नेछ ।
प्रदेश सभा सचिव १, सचिवालय सचिव १, सहसचिव ३, उपसचिव वा सोसरह ७, शाखा अधिकृत वा सोसरह १२, नायब सुब्बा वा सोसरह १७, खरिदार वा सोसरह ६ कर्मचारी आवश्यक पर्ने छ । प्रदेश सभा सञ्चालनका लागि करारमा पनि करिब २० कर्मचारी राख्न सकिने अध्ययनले देखाएको छ ।

सभातर्फ २३ करोड ११ लाख ४२ हजार ८५८ र प्रदेश सचिवालयतर्फ १३ करोड ३१ लाख ४२ हजार ८५८ गरि जम्मा खर्च २ अर्ब ५५ करोड लाग्ने छ । ७ वटा प्रदेश सभाको भवन, समिति कक्ष तथा प्रदेश सभा सचिवालय, पुस्तकालय र संसदीय दलका कार्यालयहरू निर्माणका लागि छुट्टै खर्च आवश्यक पर्ने देखिन्छ । नयापत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार