मंसिर ९ गते विहान ११ बजे शिवातसताक्षी नगरपालिका १० का चन्द्रलाल कट्टेल आँगनमा दाल केलाउँदै थिए ।
चुनावी रन्कोेमा रहेका वाम गठबन्धनका उम्मेदवार र एक हुल कार्यकर्ता उनको घरकमा आउर भर्खरै विदा भएका थिए । , हामी जसरी पनि कनकाई नदीको कटान रोक्न लाग्नेछौं, उम्मेदवार टोलीले गरेको बाचा सुनाउँदा ५५ बर्षीय कट्टेलको अनुहारमा आशाका रेखा दौडिएका थिए ।
त्यसैलले उनी आशावादी थिए, अस्ति मेयरहरुले पनि त्यहि भनेका छन् ।
हलिे सांसदका उम्मेदवारले पनि भने । यसपालि केही होला भन्ने आस छ ।
चुनावी चटारो सकिया । उनको दैलोमा पुगेर नदीकटान रोक्न आश्वासन दिने टोलीले नै चुनाव जित्यो तिनै विजेताहरुले ठाउँठाउँमा धन्यवाद ज्ञापन कार्यक्रमको मैझारो हुनै लाग्दा पुस ३ गते विहान ९ बजे घरैमा भटिएका कट्टेलको बोली केहि फेरिएको थियो ।
कनकाई नदी किनारमा बासिन्दालाई नदीकटान रोकिने आश्वसनले फुरुगं पारेको महिना दिन नबित्दै उत्साह सेलाएजस्तो देखिन्थ्यो । आजको नागरिकले यो खबर लेखेको छ ।