काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माणको ठेक्का रद्द गर्ने भएको छ ।
महानगरपालिकाले बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको हो ।
सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।
कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।