फागुनमा नेपाल आउँदै सलमान खान

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खान मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमको लागि नेपाल आउने पक्का भएको छ ।
नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ को लागि सलमान नेपाल आउने भएका हुन ।

मार्च १० अर्थात फागुन २६ गते काठमाण्डौको टुँडिखेलमा आयोजना हुने कार्यक्रममा खानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल लगायतका कम्तीमा पाँच दर्जन कलाकारहरुको उपस्थिती रहनेछ । भारतमा रहेको शोहेल खान प्रोडक्सन र जेई इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार