अष्ट्रेलिया । अष्ट्रेलियामा नेपालीहरुले महायज्ञ सुरु गरेका छन् । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घरको रुपमा नेपाली सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि महायज्ञ शुरु गरिएको हो ।
पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आवश्यक पर्ने कोष संकलन अभियानको लागि गत १८ तारिखबाट शुरु भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल मुख्य वाचक छन् ।
महायज्ञमा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मीले सर्वाधिक १ लाख रुपैयाँ डलर दानको घोषणा गरेका छन् । भिक्टोरियामा करिब ३३ हजार नेपाली बसोबास गर्दै आएका छन् ।