नागरिकता पाउनबाट वञ्चितहरुको राष्ट्रिय सम्मेलन

काठमाडौं। राज्यबाटै नागरिकता पाउनबाट बञ्चित नागरिकहरुको समस्या समाधान गर्न काठमाडौंमा नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।

सबै नागरिकले नागरिकता पाउन सकुन् भन्ने उद्देश्यका साथ बिहीबार काठमाडौंमा एक दिने नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नागरिकता पाउनबाट बञ्चित भएका नागरिकसमेत सहभागी भएका छन्।

नागरिकता सबै नागरिकलाई उपलब्ध गराउन सहजहोस भनेर साझा धारणा बनाउन नागरिक अधिकारकर्मी, कानुनका क्षेत्रमा कार्यरत संघ, संस्था र पीडित पक्षहरुसहित सहभागी भएको राष्ट्रिय सम्मेलन आयोजना गरिएको महिला कानुन विकास मंचकी अभिवक्ता सुष्मा गौतमले जानकारी दिइन्।

नेपालमा पैत्रिक सम्पत्तिमा दावी नगरुन भनेर पनि महिलाहरुलाई नागरिक दिन नचाहनेहरुको जमात ठूलो रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ। यता, पीडित पक्षले पनि बुबा र दाजुभाइको मिलेमतोमा आफूहरुले नागरिकता पाउन नसकेको गुनासो पनि गर्दै आएका छन ।

संविधानले सबै नागरिकलाई नागरिकता दिने हक सुनिश्चित गरेपनि कतिपय नागरिकले लैगिक विभेदका कारण पनि नागरिकता पाउन सकेका छैनन्। महिला कानुन विकास मंचले नागरिकता पाउने नागरिकको हकलाई सुनिश्चित गर्न निःशुल्क कानुन सेवा पनि उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार