राष्ट्रकवि घिमेरेको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

  रासस  60 पटक हेरिएको

काठमाडौं, असोज ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औँ जन्मदिनका अवसरमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर सन्देशमा लेखेका छन्– ‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार