कक्षा ११ को नतिजा प्रकाशित : यसरी हेर्नुहोस तपाईको नतिजा

  झझल्काे संवाददाता  104 पटक हेरिएको

पोखरा, ७ असोज ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।

कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । जसमा ७१३२ जनाले परिक्षा उत्तिर्ण गरेका छन ।

३१ जनाको परिक्षा रद्द भएको परिक्षा बोर्डले बताएको छ । यो बर्ष जम्मा ४१ प्रतिशत विधार्थीले परिक्षा उत्तिर्ण भएका छन ।

देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए ।

कसको कति जिपिए ?

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १।६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

मार्कसिट सहित यसरी हेर्नुहोस तपाईको नतिजा :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार