विद्यार्थीको माग पूरा नगरे चितवन मेडिकल कलेज माथी हस्तक्षेप गर्ने नेकपाको चेतावनी (विज्ञप्ति सहित)

  झझल्काे संवाददाता  98 पटक हेरिएको

काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले पुष्टि गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार विज्ञप्ति निकाली स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गरेका छन् र माग पूरा गर्न अटेर गरे समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्,

‘नेपालको संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । त्यसको विरुद्ध चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् । कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ । केही दिनअधि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले त्यसको पुष्टि गर्दछ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुनेछ ।’

विज्ञप्तिको पूर्णपाठ‘

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार