देउवाको बोली नबुझेपछी राष्ट्रपतिले भनिन् उहाँहरुले के बोल्नु भयो बुझ्नै सकिनँ , भरे मिडिया बाट थाहा पाऊला (भिडियो)

  झझल्काे संवाददाता  81 पटक हेरिएको

काठमाडौं । आज संविधान दिवसको चार बर्ष पुरा भएको छ । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा शुक्रबार राष्ट्रियसभा गृहमा गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शकलाई हँसाउने गरी अभिव्यक्ति दिएकी छन् । सो कार्यक्रममा राष्ट्रपति भण्डारीसहित विभिन्न दलका नेताहरु सहभागी भएका थिए ।

सोही क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेपछि सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले वक्ताहरुको बोली नबुझेको बताएपछि कार्यक्रममा सहभागीहरु खित्का छोडेर हाँसेका थिए । देउवाले सरकारबाट जनपक्षीय काम हुन नसकेको अभिव्यक्ति दिएका थिए । जथाभावी निर्णय गर्दै विधेयक ल्याएको, अपराधीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको, महङ्गी नियन्त्रण गर्न नसकेकालगायतका आरोप सरकारमाथि देउवाले लगाएका थिए ।

देउवाकोपछि सम्बोधन गर्न पुगेकी राष्ट्रपति भण्डारी भण्डारीले आफूले कुनै पनि वक्ताको बोली नबुझेकाले मिडियामा आएपछि थाहा पाउने बताइन् । तत् पश्चात सहभागीहरु हाँसेका थिए । उनले भनेकी थिइन्, मैले कान नसुनेर हो वा साउन्डको खराबी हो वक्ताहरुले के बोल्नु भयो, केही बुझिन, अब मिडियामा आएपछि थाहा पाइएला ।’ राष्ट्रपति भण्डारीको अभिव्यक्ति सहभागीहरु मरी मरी हाँसेका थिए ।

 

हेर्नुहोस भिडियो सहित जस्ताको तेस्तै :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार