काठमाडौंको तीनकुने स्थित बिजुलीको तारमा आगलागी (भिडियो)

  झझल्काे संवाददाता  76 पटक हेरिएको

काठमाडौं,असोज ३ गते ।
काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् ।

गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो । स्थानीयले पानी हाली आगो फैलिनबाट रोकेका थिए । केहीबेरपछि दमकल आएर आगो निभायो । आगो फैलिएर ठूलो क्षति हुनबाट जोगियो ।

आगलागीबाट तार जलेपछि अहिले त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ । sources: annapurnapost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार