अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट

  झझल्काे संवाददाता  72 पटक हेरिएको

अछाम, असोज ३ ।
अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राति करिव १ बजे नगरपालिका कार्यालयमा बम बिष्फोट भएको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठूलो क्षति भने नभएको अछामका प्रहरी प्रमुख (डिएसपी) जनकबहादुर शाहीले जानकारी दिए ।

नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फोट गराएको र ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताए ।

रातो र कालो तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिष्फोट गराइएको शाहीले जानकारी दिए । सो प्रेसरकुकुर बम प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाले विष्फोट गराएको हुन सक्ने प्रहरी भनाई छ ।

तर विप्लव नेतृत्वको नेकपाले भने अहिले सम्म कुनै आधिकारीक जिम्मा लगेको छैन । प्रेसरकुकुर बिष्फोट गराउने समूहको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार