अछाममा जिप दुर्घटना हुदाँ ८ जना घाइते

  झझल्काे संवाददाता  138 पटक हेरिएको

अछाम, असोज २ गते ।  अछामको मंगलसेन नगरपालिका वडा नं.६ ठुलासैनमा जिप दुर्घटना भएको छ ।

मंगलसेन बाट रामारोशन गाउँपालिकाको ताली जादै गरेको से १ ज १०९३ नम्वर को जिप ठुलासेन नजिक दुर्घटना हुदाँ ८ जना घाईते भएका छन ।

घाईते हुनेमा रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौका २४ बर्षिया उर्मिला देवकोटा, वर्षका २५ को पदम साउद, २४ बर्षका कुशल राज देवकोटा २ बर्षका वालक रियान्स देवकोटा, मंगलसेन नपा–६ जनालिवण्डाली २२ बर्षिया मेघा बि.क र १८ बर्षिया रतना वि.क ४० बर्षिया ईसरा वि.क १३ बर्षिया लक्ष्मी बि.क घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको अछाम अस्पताल मंगलसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार