सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार हमाल पुन; पकाऊ

  झझल्काे संवाददाता  63 पटक हेरिएको

पत्रकार ओम हमाललाई सर्वोच्चको गेट अगाडि अमानवीय ढंगले प्रहरीले यसरी पक्राऊ गरेको छ । पत्रकारमाथिको यस्तो ज्यादती बन्द गर । पत्रकार ओम हमाललाई तत्काल रिहा गर । सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर ।।

Gepostet von Rajendra Adhikari am Dienstag, 3. September 2019

काठमाडौं– पोखराबाट सञ्चालित अनलाईन पत्रिकाका जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य  ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा सर्वोच्चमा उपस्थित गराइएको थियो। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

आज भएको बहसपछि हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमालको पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई प्रहरीले पुनः अदालतको गेटबाटै नियन्त्रणमा लिएको छ ।

पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन,नेपालले आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् । जनपक्षीय पत्रकारमाथिको पटक–पटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार