ट्वीटर मालिककै एकाउन्ट ह्याक : ह्याकरले गरे ट्वीट , हिटलर निर्दोष थिए ?

  झझल्काे संवाददाता  115 पटक हेरिएको

काठमाडौँ, भाद्र १४ गते ।
सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो ।

ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए । केही समयपछि ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरेको छ ।

यस्तै अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको थियो । साथै ट्वीटर मुख्यालयमै बम राखिएको समेत ट्वीट भएको थियो ।

यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरका अनुसार यस घटनाको बारेमा खोज अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार