अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

  झझल्काे संवाददाता  102 पटक हेरिएको

काठमाडौं,भाद्र १३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ ।

यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

एकता पछि संगठनको नाम नेपालीमा अनेरास्ववियु र अंग्रेजीमा All Nepal National Independent Students Union (ANNISU) हुने छ ।

बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए ।

बैठकले एकतामा पुर्व एमाले निकट अनेरास्ववियुबाट १८० जना र पुर्व नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ । बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ ।

अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहेका छन् । यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहेका छन् ।

आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन्।

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार