नेता रावल भन्छन् ; बाबुरामले फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजे

बाबुरामका कारण थारु समुदायका व्यक्तिहरुले दुःख पाए

  झझल्काे संवाददाता  60 पटक हेरिएको

धनगढी ,११ भदौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई तीव्रता दिइने बताए ।

साथै उनले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिले फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको  बताएका छन ।

नेता रावलले भट्टराईमाथि मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको आरोप लगाए ।

भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको भन्दै नेता रावलले उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको बताए ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार