सुर्खितमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २८ घाइते

  झझल्काे संवाददाता  211 पटक हेरिएको

सुर्खेत,
जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नम्बरको बस अन्दाजी बिहान साढे ३; ०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै २८ जना यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार