काजु खानाले स्वास्थ्यमा पुर्‍याउँछ फाइदै फाइदा

  झझल्काे संवाददाता  70 पटक हेरिएको

काजु प्रायः सवैले खाएकै हुनुपर्छ । शरीरलाई शक्ति प्रदान गर्ने काजु खानुका धेरै पाइदा छन् । यसले शरीरलाई उर्जा दिन्छ ।

थकान महसुस हुन्छ अथवा काम गर्ने मुड चलेन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ति आउँछ ।

काजु खानुका केही फाइदा यस्ता छन्–

1.काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । नियमित काजु खाँदा अनुहार चम्किलो बन्छ ।

2.काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ       बढी चम्किलो हुन्छ ।

3. काजुमा एक प्रकारको तेल पाइन्छ , जसमा भिटामिन बी प्रचुर मात्रामा हुन्छ । यसले         दिमाग तेजिलो बनाउँछ ।

4.  काजु खानाले शरीरमा युरीक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई       ड्राइफुड उपयुक्त मानिँदैन् । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

5. काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने       गर्नाले रक्तचाप नियन्त्रण अवस्थामा रहन्छ ।

6. हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रण रहन्छ ।

7.  काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त       काजुमा पाइने विभिन्न तवरले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

8. काजुमा कार्बोहाइडे«ट , प्रोटिन , आइरन , जिंक , म्यागनेसियम , कपर , आदि पाइन्छन् । यिनले हड्डी , दाँत आदिलाई बलियो बनाउनका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार