राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ

  झझल्काे संवाददाता  104 पटक हेरिएको

काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सातौं तहका राम अवतार गुप्ता छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार गुप्ताले जनचेतनामूलक सामग्रीहरु रेडियोमा प्रचार–प्रसार गर्न कोटेशन दिइ कार्यसम्पन्न गरेको भुक्तानी दिए वापत घुस लिएका थिए ।

काठमाडौंको बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार