नेकपा कास्की जिल्ला सेक्रेटरी सुजन गिरफ्तार

  झझल्काे संवाददाता  163 पटक हेरिएको

 

पोखरा,
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाका सेक्रेटरी लोकेन्द्र वि.क (सुजन)लाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यलय कास्की बाट खटिएको टोलिले पोखराको मालेपाटन बाट आज दिउसो करिब ३ बजे तिर पक्राउ गरेको नेकपाले जनाएको छ ।

नेकपा कास्की का एक जना जिल्ला नेताले झझल्को संग करा गर्दै पार्टी कामको शिलशिलामा रहेको बेला सेक्रेटरी सुजनलाई पोखराको मालेपाटन बाट गिरफ्तार गरि अहिले सम्म अज्ञात राखेको बताएका छन ।

तर यता जिल्ला प्रहरी कार्यालय कास्की ले भने यस प्रति कुनै जानकारी गरेको छैन ।

पक्राउ परेका कास्की सेक्रेटरी सुजन यस अघि तनहु सेक्रेटरी थिए । उनि कास्की सेक्रेटरी जंग बहादुर भण्डारी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र कास्की सरुवा भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार