२०६ औं भानुजयन्तीको अवसरमा राष्ट्रकवि घिमिरेलाई रथारोहण

  झझल्काे संवाददाता  69 पटक हेरिएको

कठमाडौं, २९ असार
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी पत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो ।

अभिनन्दनपछि राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार