त्रिभुवन विमानस्थलको धावनमार्गबाट यतिको विमान चिप्लियो, २ जनाको गम्भिर घाईते

  झझल्काे संवाददाता  109 पटक हेरिएको

काठमाडौँ, २७ असार ।
त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ ।

कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ । विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ ।

रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन् । विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । जसका कारण आकाशमा ४ वटा अन्तर्राष्ट्रिय विमानहरु होल्डमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार