एसईईमा पास भएर कुन ग्रेड आएकोले कुन बिषय पढ्न पाउने ? अब अनमलमा पर्नू पर्दौन हेनुहोस यस्तो छ नियाम

  झझल्काे संवाददाता  184 पटक हेरिएको

कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् ।

गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् ।

शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुर्‍याउन नसक्दा उनीहरू माकुराको जालोमा फसेजस्तै भएका छन् ।

कक्षा ११ मा भर्नाका लागि शिक्षा मन्त्रालयले तयार पारेको न्यूनतम आधारअनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्छ । अंग्रेजी, सामाजिक अध्ययन र नेपाली विषयमा भने डी प्लस मात्र ल्याए पनि हुने मन्त्रालयको मापदण्डमा उल्लेख छ । एसईईमा विद्यार्थीले आठ विषयमा परीक्षा दिए पनि तीन विषयमा भने जुन ग्रेड ल्याए पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलजी, म्याथम्याटिक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १।६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । यसबारे कुनै पनि विषयमा यति नै ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीका लागि मात्र भएको परीक्षा नियन्त्रण कार्यालयका उप(नियन्त्रक गेहनाथ गौतमले बताउनुभयो।

विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । विद्यार्थीले पढ्न पाउने गरी तोकिएका यी सबै विषय ऐच्छिक मात्रै हुन् । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ ।

मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथम्याटिक्स, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउँछन् । यी समूहमा म्याथम्याटिक्स, ज्योेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथम्याटिक्स, साइकोलजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को(अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथम्याटिक्सलगायत विषय पर्छन् । यी विषय पढ्ने विद्यार्थीले अन्य तीन विषयमा कुन ग्रेड ल्याए भन्ने कुनै मतलब हुँदैन।

अंग्रेजी, म्याथम्याटिक्स, सोसल स्टडिज, नेपाली र विज्ञानमा न्यूनतम डी प्लस ल्याएका र समग्रमा नतिजा जीपीए १.६ ल्याएका विद्यार्थीले विभिन्न चार वटा विषय समूहमा भर्ना हुन पाउँछन् । जुन समूहअन्तर्गत फिजिक्स एजुकेसन, केमेस्ट्री, एजुकेसन, बायोलजी, एजुकेसन र टिचिङ साइन्स विषय पर्छन् ।

अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएका र समग्र नतिजामा न्यूनतम जीपीए एक दशमलव ६ ल्याएका विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिंग्विस्टिक्स विषयमा भर्ना हुन पाउँछन् ।

  • विज्ञान समूह अध्ययन गर्न  २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने
  •  व्यवस्थापन समूह अध्ययन गर्न  १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने
  • मानविकी र शिक्षा समूह पढ्न  १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक
  •  प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस
  •  इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने
  • कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने

अंग्रेजी, नेपाली, म्याथम्याटिक्स र सामाजिक अध्ययनमा डी प्लस ल्याएका र समग्र नतिजा न्यूनतम १.६ प्रतिशत ल्याएका विद्यार्थीले होटल म्यानेजमेन्ट र ट्राभल तथा टुरिज्म विषयमा भर्ना हुन पाउने व्यवस्था छ । समग्र नतिजा १।६ जीपीए ल्याएर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याएका विद्यार्थीले नेपाली तथा टिचिङ विषयमा भर्ना हुन पाउने मापदण्ड शिक्षा मन्त्रालयले बनाएको छ ।

तर, सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात् सैद्धान्तिक विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ त्यसमध्ये परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले यस्तो परीक्षा दिन सक्नेछन् । यसरी दिइएको परीक्षाबाट पहिलेको नतिजामा आएको भन्दा बढी ग्रेड प्राप्त गरेमा भने उनीहरूले अन्य विषय पनि पढ्न पाउनेछन् ।

एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।

एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो ।

परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पूरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ । परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।

विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ । ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनुपर्ने भन्ने निक्र्योल गरेका छौं,’ उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।’

११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनैपर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरू दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।

अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरू अध्ययन गर्न सक्नेछन् ।
विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।

सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ । अंग्रेजीमा सी ९४० देखि ५० प्रतिशत०, सामाजिक र नेपालीमा कम्तीमा डी प्लस ९३० देखि ४० प्रतिशत० ल्याउनुपर्ने हुन्छ ।

कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ । व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक भएको विषयमा फरक ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । यो निर्णयले प्रयोगात्मकमा ए प्लस र सैद्धान्तिकमा ई ल्याए पनि विद्यार्थीले भर्ना पाउने छन् ।

यसले सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । दुई विषयसम्म डी र ई ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ ।

अधिकांश विषय अध्ययन गर्न सबै विषय अध्ययन गर्न अंग्रेजीमा सी र डी प्लस ल्याए हुनु भनिएको छ ।
यसअनुसार ग्रेड सी भन्नाले ४० देखि ५० र डी प्लसमा ३० देखि ४० प्रतिशत हुन्छ । व्यवस्थापन समूह रोज्ने विद्यार्थीले अनिवार्य अंग्रेजीमा डी प्लस ल्याए पनि हुने व्यवस्था गरेको छ ।

यसअनुसार कुनै विद्यार्थीले प्राक्टिकलमा २४ प्राप्त गरेको छ भने प्लस हुन्छ । सैद्धान्तिकमा ६ नम्बर मात्रै ल्याउँदा ‘ई’ समूहभित्र पर्छ । सैद्धान्तिक र प्राक्टिकलको दुवै नम्बर जोडदा ३० हुन्छ । ग्रेडमा लैजाँदा डी प्लस हुन्छ ।

सैद्धान्तिक र प्राक्टिकलमा कति ग्रेड ल्याउने पढ्न पाउने भन्ने व्यवस्था नगर्दा सैद्धान्तिकमा सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि माथिल्लो तहमा अध्ययन गर्न पाउने भएका छन् ।
शिक्षाविद् डा। मनप्रसाद वाग्लेले १।६ भन्दा कम जीपीए ल्याउनेलाई विकल्प नदिएको बताए ।
‘फेल ग्रेड नभएकाले विकल्प दिनुपर्थ्यो,’ उनले भने, ‘विज्ञान समूह अध्ययन गर्न कम्तीमा ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्थाले सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थी फेरि पनि विज्ञान पढ्न वञ्चित हुने भएका छन् ।’

प्राविधिकमा सबै खुल्ला
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ ।

स्वास्थ्यतर्फका विषयहरू, इन्जिनियरिङ, कृषि, वन, टुरिज्मलगायत अन्य विषय अध्ययन गर्न पनि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड नै ल्याउनुपर्ने हुन्छ ।
टीएसएलसी कोर्ष न्यूनतम ई ग्रेड र ०.८ जीपीए ल्याउने विद्यार्थीले पनि अध्ययन गर्न सकिने व्यवस्था गरेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले सिकाइ क्षमता कम भएका विद्यार्थीलाई एकवर्षे कोर्ष बनाएको छ ।

कक्षा ११ मा भर्ना हुन ‘डी प्लस’

एसएलसी परीक्षामा स्तरीकृत अङ्क ९ग्रेड प्वाइन्ट० कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले भर्ना नपाउने नीतिबाट अघोषित रूपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषण शिक्षाविद्हरूको छ ।

अक्षराङ्कन पद्धति लागू भएपछि उच्च माध्यमिक तहको भर्ना सम्बन्धमा सुझाव दिन गठित समितिले आइतबार उच्च माध्यमिक शिक्षा परिषद्समक्ष यस्तो सिफारिस गरेको छ । परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझाव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ ।

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले समितिले दिएको सुझाव अनुरूप नै भर्ना नीति अवलम्बन गरिने जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार यसलाई मन्त्रीस्तरीय निर्णय गर्नुपर्ने हुन्छ ।

प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने ? (उत्तर सहित)

धेरै विद्यार्थीहरुले हालको प्लस टुको संरचनाको बारेमा अनबिज्ञ छन् । माध्यमिक शिक्षा व्यवस्थामा भएको परिबर्तनपछी बिद्यार्थी र अभिभाबकको त कुरै छोडौ, कयौं शिक्षकहरु समेत यस बिषयमा एकदमै अन्योलमा परेका छन् । त्यसैले बिद्यार्थीले सोधिरहने प्रश्न लिएर हामी केहि दिन अगाडी मात्र सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पुगेका थियौं । त्यहाँ पुगेर हामीले सोधेका प्रश्न र तिनका उत्तरहरु तल दिइएको छ ।

डी प्लस भनेको पास हो कि फेल र ?

ग्रेडिङ प्रणाली मा पास अथवा फेल भन्ने हुदैन । यस प्रणाली अनुसार १०० मा २ अङ्क ल्याउनेलाई समेत (E) ग्रेडमा सुचिकृत गरिन्छ । त्यसको अर्थ मिहिनेत पुगेनरएकदमै अपर्याप्त भन्ने हुन्छ तर फेल भनेर भनिदैन । त्यसैले जम्मा २ नम्बर ल्याउनेले पनि निर्धक्कका साथ स्नातक (ब्याचलर) तहमा भर्ना हुन पाइन्छ । तर कुनै कुनै बिषय जस्तै इन्जिनियरिङरमेडिकल पढ्न भने नपाइने हुन सक्छ । कुन ग्रेड ल्याउनेले के पढ्न पाउने भन्ने बिषयमा शिक्षा मन्त्रालयले बनाएको न्यूनतम मापदण्ड अनुसार बिश्वबिद्धालयले भर्ना लिने गर्दछन् ।

डी प्लस भनेको फेल हैन भने मेरो ११ को परिक्षामा डी प्लस आउँदा कलेजले किन फेरि परिक्षा दिन लगाएको हो त ?

कुनै पनि कलेजले आफ्नो विद्यार्थीले राम्रो अङ्क ल्याओस भन्ने चाहान्छ । कुनै विद्यार्थीले प्लस टु परीक्षामा थोरै ग्रेड ल्याएकै कारण भोलि कुनै अवसरबाट बन्चित हुन नपरोस् भनेर पुनस् परीक्षा दिन लगाइएको हो ।

मेरो कलेजले २ ओटा बिषयमा डी प्लस ल्याएको भन्दै जबर्जस्ती मेरो फारम भरिदियो, अब मैले परीक्षा दिनै पर्छ ?

दिए पनि हुन्छ, नदिए पनि हुन्छ ।

यस्तो अवस्थामा मैले यदि परीक्षा दिइन भने भोली केहि अप्ठ्यारो पर्छ र ?

पर्दैन ।

अनि मैले ग्रेडवृद्धि परीक्षा दिएर पहिलेको भन्दा थोरै ग्रेड आयो भने कुन ग्रेड मान्य हुन्छ र ?

यस्तो अवस्थामा धेरै आएको ग्रेड अर्थात पहिलेकै नतिजा मान्य हुन्छ ।

मेरो परिक्षा एकदमै बिग्रेको छ । एउटा, दुई अथवा तिनवटामा डी प्लस आउँछ जस्तो छ, म के गरम ?

नतिजा पछि तपाइँलाई आफ्नो ग्रेड चित्त बुझेको छैन र अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ भने फेरि परीक्षा दिएर आफ्नो ग्रेड बढाउन सक्नुहुनेछ । हैन भने सोही ग्रेड लिएर स्नातक तहमा अध्ययन गर्न पनि सक्नु हुनेछ ।

धेरै बिषयमा डी प्लस वा सो भन्दा कम आएपछी अब फेरि परिक्षा दिने कि नदिने त ?

दिए पनि हुन्छ, नदिए पनि हुन्छ ।

अनि डी प्लस आएर फेरि परिक्षा नदिइ स्नातक ९ब्याचलर० तहमा भर्ना गर्न पाइन्छ त ?

पाइन्छ, तर केहि बिषय पढ्ने अवसर भने प्राप्त नहुन सक्छ । जस्तो जापानी राजदुतावास ले हरेक बर्ष छात्रवृत्ति प्रदान गरि केहि विद्यार्थीलाई जापानमा पढ्न पठाउछ । तर त्यस छात्रवृत्तिमा आबेदन दिनको लागि १२ कक्षाको गणित मा न्यूनतम ७५ नम्बर आएको हुनु पर्छ, अब डी प्लस ग्रेड आउनु भनेको ३० देखि ४० को अन्तरालमा अङ्क ल्याउनु हो । त्यसैले यस छात्रवृत्तिको लागि त्यस्ता विद्यार्थीले आबेदन दिन पाइदैन । त्यसैले राम्रो ग्रेड नआएको अवस्थामा केहि अवसर बाट भने पक्कै पनि बन्चित हुन पर्ने देखिन्छ ।

डी प्लस आएको बिद्यार्थीलाई पढ्नको लागि बिदेश जान समस्या हुन्छ ?

त्यो बिश्वबिद्धालयमा भर पर्ने कुरा हो । गुणस्तरको लागि भन्दै कतिपय उत्कृष्ट बिश्वबिद्धालयमा भर्ना आवेदन प्रक्रिया नै धेरै असहज हुन्छ । कति बिश्वबिद्धालयमा भने सहजै प्रवेश पाउन सकिन्छ । प्लस टुको मात्र नभएर अरु टेस्टहरु जस्तै आइल्ट्स, टोफेल, जिआरइ लगायतमा प्राप्त गरेको अङ्क, आर्थिक अवस्था, ब्यक्तित्व सबै कुराले बिदेशमा उच्च शिक्षाको लागि असर गर्ने कारकहरु हुन् ।

हाम्रो समग्र (औशत) ग्रेड कति हो भन्ने थाहा हुन्छ कि हुँदैन ?

कक्षा ११ र १२ को नतिजामा प्राप्त ग्रेडलाई मिलाएर औशत ग्रेड र जिपिए निकालिनेछ । त्यसैले १२ को नतिजा पछि प्राप्त हुने ट्रान्सकृप्टमा जिपिए र औशत ग्रेड उल्लेख गरिनेछ ।

सैदान्तिक (थेओरी) र प्रयोगात्मक बिषय (प्राक्टिकल) बिषय जोडिन्छ कि जोडिदैन ?

सैदान्तिक र प्रयोगात्मक बिषय क्रेडिट आवर फरक फरक भएको कारणले यी बिषयमा प्राप्त गरेको ग्रेड एकै ठाउँमा जोडिदैन ।

त्यसो भए मेरो कम्प्युटर सैदान्तिकमा बि प्लस अनि प्रयोगात्मकमा चै ए प्लस आयो भने समग्रमा मेरो कम्प्युटरमा ए आयो भन्न मिल्दैन है ?

सहि कुरा बुझ्नुभयो ।

अनि यो क्रेडिट आवर भनेको चै के हो ?

ग्रेडिङ प्रणालीमा बिषयको जटिलताको मुल्यांकन क्रेडिट आवरबाट हुन्छ । कुनै पनि बिषयको पाठ्यक्रम बनाउँदा त्यो कति घन्टामा पढाएर सक्ने भन्ने कुरा पहिल्यै छुट्याइएको हुन्छ । जस्तो गणितको एउटा पाठ पढाउदा सो पाठ दिनमा १ घन्टाको दरले पढाएर कति दिनमा सक्किन्छ भन्ने कुरा पहिल्यै निर्धारण गरिएको हुन्छ । त्यो सम्पुर्ण बिषय पढाउन लाग्ने समयलाई कोर्ष कम्प्लिसन ड्युरेशन भनिन्छ । अनि यहि कोर्ष कम्प्लिसन ड्युरेशन लाई ३२ ले भाग गरेपछि क्रेडिट आवर प्राप्त गरिन्छ ।

अहिले भौतिकशास्त्र (फिजिक्स) बिषयको क्रेडिट आवर ४.६९ छ भन्नुको मतलब यो बिषय पढाउन (४.६९ × ३२ .१५०)घन्टा लाग्छ भन्ने बुझिन्छ । कुनै पनि बिषयको क्रेडिट आवर १ छ भने सामान्यतय त्यसको अर्थ विद्यार्थीले त्यो बिषय हप्तामा ३ घन्टा (एक दिनमा ३० मिनेट) पढ्नुपर्छ भन्ने हुन्छ र २ छ भने हप्तामा ६ घन्टा (एक दिनमा ६०मिनेट) पढ्नुपर्ने हुन्छ । यसरी क्रेडिट आवरबाट बिषयको जटिलताको बारेमा जान्न सकिन्छ ।

ग्रेडिङ प्रणाली अनुसारको बर्गिकरण तालिका पाइन्छ कि ?

तल दिइएको छ ।

कसले के पढ्न पाउने त ?

कसले के पढ्न पाउने भन्ने कुरा यसअघिकै अङ्कगणित प्रणाली अनुसारको मापदण्डलाई ग्रेडिङ प्रणालीमा लगेर न्युनतम जिपिए तोकि भर्ना मापदण्ड बनाइन्छ ।

उहादरणको लागि त्रिभुवन बिश्वबिद्धालयले यस अघि इन्जिनियरिङ संकायमा भर्ना हुनको लागि प्लस टु मा ४५ प्रतिशत अङ्क ल्याउनु पर्ने प्राबधान राखेको थियो । ग्रेडिङ प्रणाली अनुसार यो भनेको सी ग्रेड हुन आउँछ । त्यसैले औषतमा सी ग्रेड ल्याउनेले त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतको इन्जिनियरिङ संकायमा भर्ना हुन पाउने देखिन्छ । सोहि कुरा मेडिकल, बीएस्सी, बीबीए, कृषि, पशु, बागवानी, कानुन संकायमा नि लागू हुन्छ । केही बिषयहरु जस्तै मानबिकी, बीबीएस लगाएतका बिषयमा भने यसअघि प्लस टु पास हुने सबैले भर्ना गर्न पाइने प्राबधान भएकाले औसतमा डी ग्रेड ल्याउनेले पनि भर्ना हुन पाउने देखिन्छ । सुदुरखबर बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार