“रसुवाली कवि” तिमिल्सिना गिरफ्तार

काठमाडौँ, ११ असार ।
प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिमिल्सिना लाई पक्राउ गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आज दिउँसो वसन्तपुर डबलीमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रममा अतिथि कविका रुपमा कार्यक्रमस्थल जाँदै गर्दा युवा जनकवि रसुवाली कविलाई प्रहरीले फेरी गिरफ्तार गरेको हो ।

उनी राम्रा संस्मरणकार र टिप्पणीकार÷समीक्षक पनि हुन् । गिरफ्तार युवा कबि रसुवाली कविले लामो हिरासत बसाइ र लामो तारिखबाट भर्खरै मुक्त भएर आफ्नो हिरासत बसाइका अनुभूतिहरु लेख्दै आम सर्वसाधारणलाई सुसूचित गराउंदै आएका थिए ।

रसुवाली कविलाई यो सरकारले पुनः गिरफ्तार गरेर आफ्नो अनुदारवादी, फासिस्ट हर्कत पुनः दोहो¥याएको छ । उनको अघिल्लो गिरफ्तारीको समयमा हजारौँ स्रष्टा र चिन्तकहरुको आवाजका कारण समाज नै तरङ्गित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार