पाकिस्तानका नेता मसरूर अलीले पत्रकारलाई लाइभ शो मै कुटे (भिडियोसहित)

पाकिस्तानको एक टिभी च्यानलका पत्रकार लाइभ शो मै कुटिएका छन्।

के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन्।

उनले बहस चलिरहदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने।

लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि पीटीआईको आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार