भाडा बढीमागे पछि दिदैँन भन्दा चालकले बिच सडकमै यात्रु कुटे (भिडियो सहित)

  झझल्काे संवाददाता  109 पटक हेरिएको

कञ्चनपुर, १७ जेठ ।
महेन्द्रनगरको बिच सडकमै एकजना सवारी चालकले यात्रु महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्।

से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक बेदकोट नगरपालिका १ सिसैयाका गोकुल बोहराले सडकमै धनगढी उपमहानगरपालिका १ का २८ बर्साीय लक्ष्मी धनाडीमाथि कुटपिट गरेका हुन ।

भाडाको विषयलाई लिएर भएको विवादमा चालक बोहराले यात्रु धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्र्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले बताए । उनका अनुसार धनगढी महेन्द्रनगर चल्ने उईङगरका चालक बोहराले यात्रुबाट २ सय भाडा मागेपछि विवाद भएको थियो ।

‘धनगढी देखि महेन्द्रनगरको भाडा १ सय २० छ, चालकले २ सय मागेको रहेछ, उनले भने, ‘यात्रुले बढी भाडा दिदैनौं भनेपछि चालकले कुटपिट गरेका रहेछन् ।’ यात्रुमाथि कुटपिट गर्ने चालकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको उनले बताए ।

उनले चालक बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको बताए । यात्रुको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार