क्रिकेट रंगशालाको बार भत्काइदिए पछि धुर्मुसले रुदै भने विदेशमा बस्ने नेपालीको पसिनामाथि डोजर चलाइयो (भिडियो सहित)

  झझल्काे संवाददाता  96 पटक हेरिएको

चितवन,१५ जेठ ।
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगाएत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् । ति ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।

जसका कारण सो स्थानका अन्य ब्यक्तिहरु आक्रोश व्यक्त गरेका छन् । भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु सँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । केहि स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आप्mनो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेकोे छ ।

केहि दिन अघि स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । उनले रुदै भने “मेरै आखा अगाडी डोजर लगाएर रंगशाला भत्काइ दिए” भनेका छन् । उनले यो भन्दा कारुणीक दृश्य जिवनमा नदेखेको भन्दै दुख ब्यक्त गरेका छन् । दिेशमा बस्ने नेपालीहरुको पसिना माथि डोजर चलाईएको उनले बताए ।

रंगशाला निर्माण सम्पन्न भर्गे सोच आफ्नो मात्रै नभएर पुरै स्वदेश तथा विदेशमा रहेका नेपालीहरु रहेको उनको भनाई थियो ।भिडियोमा अध्यक्ष कट्टेलले रंगशाला आफ्नो निजि स्वार्थको लागि नभई पुरै देशको बिकासको लागि निर्माण गर्न लागिएको जनाएको छ ।

हेर्नुहोस् धुर्मुसले रुदौँ के भने ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार