बजेट भाषण ; प्रत्येक सांसदको भागमा ६ करोड

  झझल्काे संवाददाता  105 पटक हेरिएको

काठमाण्डौ, जेठ १५ गते । सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।

अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।

यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको यो घोषणापछि सांसदहरुले गडगडाहट तालीले स्वागत गरेका छन् ।

हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार