खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो : कति घट्यो हेर्नुहोस !

काठमाडौं ; नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गर...

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सातौं तहका राम अवतार गुप्ता छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।...

सांसद बजेट बारे सर्वोच्चले माग्यो कारण

काठमाडौँ ,१४ असार । सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरूको संवैधानिक इजलासले संसद् सचिवालयलगायत सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रम संवैधानिक प्...

बजेट भाषण सँगै इन्धनको मूल्य वृद्धि ; पेट्रोल १११ रुपैयाँ

काठमाडौं,१६जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेका थिए। निगमले राति १० बजे मूल्य वृ...

बजेट भाषण ; प्रत्येक सांसदको भागमा ६ करोड

काठमाण्डौ, जेठ १५ गते । सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ । अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । यो रकम कार्यविधि बनाएर खर्च ग...

आर्थिक वर्ष २०७६/७७ को बजेट – १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

काठमाडौं,जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२।४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्था...

व्यापारी अजय सुमार्गीको पक्षमा सर्वोच्चले गर्यो फैसला

काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजय सुमार्गीको पक्षमा फैसला गरेको छ । नेपालमा सिमेन्ट उद्योगका लागि वैदेशिक लगानी भन्दै भित्र्याएको रकमसम्बन्धी विवादको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण इजलासले सुमार्गीको पक्षमा फैसला सुनाएको हो। राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासको यो फैसलापछि सुमार...

प्राधिकरणको यस आर्थिक बर्षभित्र यस्तो लक्ष्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ । विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन् । समाचारमा लेखिएको छ, ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन् । उनीहरुलाई दिने मासिक तलब औसत...

मंगलबार सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर मंगलबार ७ सय ४० रुपैयाँमा का...

पुँजी नपुर्‍याउने बैंङ्कलाई कारबाही गर्छौँ : राष्ट्र बैंङ्क

चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अ...

विषादीयुक्त भारतीय तरकारी खुलेआम भान्छामा

नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री-वितरण भइरहेको हो। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका हुन्। ...

साढे ८ अंकले बढ्यो नेप्से, ३८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ८.६५ अंकले बढेको छ । बुधबार नेप्से १३८८.९४ विन्दुमा अडेको छ । नेप्सेका अनुसार आज १ सय ५५ कम्पनीका ९ लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ३८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । बैंकिङ समूह ५.६१, ट्रेडिङ समूह ०.२६, होटल समूह १०.३२, जल विद्युत समूह १८.२, बीमा सम...

प्रभू बैंकको नयाँ शाखा महोत्तरीमा

काठमाण्डु । प्रभू बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं १ मा आजदेखि आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले एक समारोहका बीच उक्त शाखा कार्यालय समुद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी का...

नेपाल वायु सेवा निगमका थप दुई विमान काठमाडौँमा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ । चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हुँदै दिउँसो काठमाडौं आइपुगेको निगमका प्रवक्ता रिवन्द्र श्र...

गाउँपालिकामा बैंक नहुँदा सेवाग्राहीलाई समस्या

डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । उपभोक्ता समितिले गर्दै आएका ...

सहकारीमा कालो धन छैन : अध्यक्ष बडाल

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षे...

तीन खर्ब बजेट आगामीलाई नपुग

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ । आगामी आर्थिक वर्...

बैंकमा रित्तिन थाल्यो पैसा, पाँच अर्ब दिँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता कम भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार पाँच अर्ब रुपैयाँ बजारमा पठाउँदै छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो । अहिले बैंक तथा वित्तीय संस्थामा २० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर पाँच ...

सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन् । चिलिमेले सहायक कम्पनी बनार र सुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत् आयोजनलो २ अर्ब ४४ क...

राष्ट्र बैंक कर्मचारीलाई ५ अर्बको ‘बम्पर’ प्याकेज

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको बम्पर प्याकेज सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको विनाब्याजी घरजग्गा सापटी रकमदेखि खाईपाई आएका सबै शीर्षकअन्र्तगत भत्तामा साढे १८...